जानकारी #२ - Loksewa Solution

Breaking

Complete solution for all levels of Loksewa competitors in Nepal. Jankari | Samanya Gyan | Prashnottar | IQ | Quiz | And Many More..

Post Top Ad

Sunday, December 4, 2016

जानकारी #२

• विश्व खेलकुद इतिहासमा सर्वप्रथम कालो कार्ड कहिले दिईएको थियो
- सन् २०१२ मा लन्डनमा सम्पन्न ३० औँ ग्रीष्मकालीन ओलम्पिकमा
• वैदेशिक ऋण (बेल आउट प्याकेज) लिने कि नलिने भन्ने सम्बन्धमा सन् २०१५ जुलाई ५ मा ग्रीसमा सम्पन्न जनमत सङ्ग्रहमा ऋण लिनु हुँदैन भन्ने पक्षमा कति प्रतिशत मत प्राप्त भएको छ ?
- ६० प्रतिशत
• नेपालको सबैभन्दा ठूलो जिल्ला डोल्पा हो भने सबैभन्दा सानो जिल्ला कुन हो ?
- भक्तपुर
• विश्वको सबैभन्दा ठूलो भूपरिवेष्ठित राष्ट्र कुन हो ?
- काजखस्तान
• नेपालमा चियाखेतीको सुरुवात कहिले भएको हो ?
- वि.सं. १९२०
• मल्लकालीन राजा प्रतापमल्लको पालाको १५ भाषामा लिखित शिलालेख कहाँ रहेको छ ?
- हनुमानढोका
• ९९ चोकको दरवार भनी नेपालको कुन दरबारलाई चिनिन्छ ?
- भक्तपुर दरवार
• नेपालको पहिलो कारागार केन्दीय कारागार कहिले स्थापना भएको हो ?
- वि.सं. १९५१ (वीर समशेरको पालामा)
• छालाको मुद्रा प्रचलनमा ल्याउने मल्ल राजा को हुन् ?
- सिद्धीनरसिंह मल्ल
• जेलमा २० वर्ष नामक पुस्तकका लेखकको हुन् ?
- खड्गमान सिंह
• मुस्लिमहरुले दिनमा कतिपटक नमाज गर्छन् ?
- ५ पटक
• नेपालमा ज्यापु दिवस कहिले मनाइन्छ ?
- योमरी पुन्हीका दिन
• नेपालको पर्यटन क्षेत्रसँग सम्बन्धित भिजन–२००५ को अवधारणा ल्याउने व्यक्ति को हुन् ?
- जापानका ताकासी मियाहारा
• महेन्द्र राजमार्गको सबैभन्दा धेरै भाग नवलपरासी जिल्लामा पर्दछ भने सिर्दाथ राजमार्गको सबैभन्दा धेरै भाग कहाँ पर्दछ ?
- स्याङ्जा
• नेपालको सर्वोच्च विभुषण कुन हो ?
• नेपाल रत्न
• वि.सं. २०७० श्रावणमा नेपालको कुन ठाउँलाई चमेरा संरक्षण क्षेत्र घोषणा गरिएको छ ?
- देवानढिया, कपिलवस्तु
• भुटानको सबैभन्दा ठूलो जलविद्युत् आयोजना कुन हो ?
- ताला (१०२० मे.वा.)
• मदर टेरेसाको जन्म कहिले र कहाँ भएको थियो ?
- सन् १९१० अगष्ट २६, मेसेडोनिया
• सरकारद्वारा ल्याउन थालिएको नयाँ भुउपयोगसम्बन्धी नीतिमा भूमिलाई कति भागमा वर्गीकरण गरिने उल्लेख छ ?
- १३

No comments:

Post a Comment