• लेखापरीक्षण भनेको के हो ? यसको प्रकार उल्लेख गर्नुहोस् ।
उत्तर
👉 सरकारी आर्थिक क्रियाकलापको व्यवस्थित अभिलेख राखी सोको यथार्थ प्रतिवेदन तयार पर्नु सरकारी लेखा हो भने सो लेखाको जाँच र मुल्यांकन गरि यथार्थ प्रतिवेदन तयार पर्नु नै लेखापरीक्षण हो ।सरकारी आर्थिककारोबारको लेखा लेखापलकले राख्दछ भने सो लेखाको लेखापरीक्षण महालेखा परिक्षकको कार्यलयले गर्दछ ।
सरकारी लेखापरीक्षण निम्न दुई प्रकारको हुन्छन् :-
सरकारी लेखापरीक्षण निम्न दुई प्रकारको हुन्छन् :-
1. आन्तरिक लेखापरीक्षण
● यसले नियमितताको जाँच गर्दछ ।
● यो मासिक वा चौमासिक रुपमा निरन्तर परीक्षण गरिन्छ ।
● यसको लेखापरीक्षण कोष लेखा नियन्त्रक कार्यलयले गर्दछ ।
● यसको प्रतिवेदन सार्वजनिक गरिदैन ।
2. बाह्य वा अन्तिम लेखापरीक्षण
● यसले नियमितताको साथ साथै मितव्ययिता,कार्यदक्षता,प्रभावकरिता र औचित्य समेतको जाँच गर्दछ ।
● यो आर्थिक वर्षको अन्त्यमा तयार गरिन्छ ।
● यसको लेखापरीक्षण महा लेखा परिक्षकको कार्यलयले गर्दछ ।
● यसको प्रतिवेदन सार्वजनिक गरिन्छ ।
No comments:
Post a Comment