खरिदार तेस्रो पत्रको प्रश्न उत्तर - Loksewa Solution

Breaking

Complete solution for all levels of Loksewa competitors in Nepal. Jankari | Samanya Gyan | Prashnottar | IQ | Quiz | And Many More..

Post Top Ad

Saturday, December 3, 2016

खरिदार तेस्रो पत्रको प्रश्न उत्तर

प्र) चलानी भनेको के हो ? चलानी गर्दा ध्यान दिनुपर्ने कुराहरु उल्लेख गर्नुहोस् । चलानी गर्दा ध्यान दिनुपर्ने कुराहरू लेख्नुहोस् ।

उत्तरः कार्यालयबाट बाहिर जाने पत्रहरूको चलानी
पुस्तिकामा अभिलेख राख्ने कार्यलाई चलानी भनिन्छ ।
कार्यालयमा विभिन्न निकायबाट प्राप्त हुने
चिठीपत्रहरू दर्ता गरिन्छ भने कार्यालयबाट
विभिन्न निकायमा पठाइने पत्रहरू चलानी गरिन्छ ।
चलानी गर्दा निम्न कुरामा ध्यान दिनुपर्दछः
→ चलानी गर्ने कर्मचारीले पत्रमा प्रेषक र
प्रापकको नाम, ठेगाना प्रष्ट भए नभएको हेर्नुपर्दछ ।
→ चलानी गर्न लागेको पत्रमा पत्रको मिति,
पत्रसंख्या, छाप, अधिकारीको सहि छुटे नछुटेको
राम्ररी हेर्नु पर्दछ ।
→ पत्रको खाममा प्रेषक र प्रापकको नाम, ठेगाना
प्रष्ट रूपमा उल्लेख भएको हुनु पर्दछ ।
→ चलानी हुने पत्रलाई पठाउने निकायमा कुन
माध्यमबाट पठाउने हो ? जस्तै फ्याक्स, इमेल, हुलाक,
कार्यालय सहयोगी आदि सो निक्र्यौल गरी चलानी
किताबको महलमा जनाउनु पर्दछ ।
→ पत्रको शिर्ष भागमा र पत्रको बाहिरी खाममा
पत्रको प्राथमिकताको आधारमा जरुरी, अत्यन्त
जरुरी, तुरुन्त, गोप्य, अतिगोप्य कुन हो, सो लेखी
पठाउनु पर्दछ ।

No comments:

Post a Comment